Logo

पाठकको अथाह माया पाउँदै महेश पौड्यालको “शून्य प्रहरको साक्षी” (फोटो फिचर)



Spread the love

चैत १७ गतेदेखी बजारमा आएको कवि तथा समालोचक महेश पौड्यालको कविता संग्रह “शून्य प्रहरको साक्षी”ले पाठकको अथाह माया पाइरहेको छ । फेसबुक लगायतका सामाजिक सञ्जालमा सबैजनाले पुस्तकबारे निकै सुन्दर प्रतिक्रियाहरू दिइरहेका छन् ।

कवि पौड्यालले कवितामा बिम्ब र प्रतीकलाई कुन हदसम्म खेलाउन सकियो भन्नेमा स्पष्ट नभएको अवस्थामा पुस्तकले पाठकसमक्ष विमर्श प्रस्तुत गरेको जनाएका छन् ।

समीक्षक मोमिलाले पौड्यालका कविताहरुबारे बोल्ने क्रममा वेदका ऋचाजस्तो सुललित र गम्भीर प्रकारका भएको टिप्पणी गरेकी छिन् ।

त्यस्तै कवि श्यामलले कविताको भूमि उर्वर र रहस्यमयी भएको उल्लेख गर्दै पौड्यालका कवितामा चित्रमय प्रस्तुति र दार्शनिक चेत पाइएको बताएका छन् ।

त्यसैगरी कवि डा नवराज लम्सालले पौड्यालका कविताहरु नाराजस्तो नभई समय र संवेदनालाई छुन सक्ने प्रकारको भएको बताउँदै लेखकले लेख्नका लागि लेख्ने नभई लेखकीय र मानवीय दायित्व एवं जिम्मेवारीसमेत बोध गरेर लेख्नुपर्नेमा जोड दिएका छन् ।

 

यो पनि पढ्नुहोस्ः

महेश पौड्यालका पाँच कविता

 

पौड्याल समालोचना र अनुवाद विधामा समेत कलम चलाउँछन् । संग्रहमा उनका १०८ कविता समावेश छन् । पुस्तक शिखा बुक्सबाट प्रकाशित भएको हो ।

यसअघि पौड्यालको उपन्यास ‘तादी किनारको गीत’, कथासंग्रह ‘त्यसपछि फुलेन गोदावरी’ लगायत आधा दर्जन बालसाहित्यका कृति प्रकाशित छन् ।

हेर्नुहोस् ‘शून्य प्रहरको साक्षी’ले पाएको पाठक मायाः 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्