Logo

पहिलो खेलमा आज नेपाल र म्यानमार आमने सामने हुने



Spread the love

 

 २० चैत, काठमाडौँ ।

टोकियो ओलम्पिक २०२० अन्तर्गत एसिया छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले आज आयोजक म्यानमारको सामना गर्दैछ । नेपालसँगै समूह ‘ए’ मा आयोजक म्यानमार, भारत र इन्डोनेसिया रहेका छन् ।

पछिल्लो समय नेपाल र म्यानमारले एक आपसमा तीन पटक खेलेका छन् । पहिलो चरणमा म्यानमारलाई १-१ को बराबरीमा रोकेको नेपालले त्यसपछि हिरो गोल्डकपमा भने दुवै खेल गुमाएको थियो । दोस्रो चरणको छनोटबाट एक टोली मात्र अगाडी बढ्ने हुनाले यस खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।

पहिलो खेलमा पराजित भएमा दोस्रो चरण पुग्ने सम्भावना भने न्यून हुनेछ ।नेपाल गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा समूहको उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणमा स्थान बनाएको थियो । छनोटमा अपराजित रहेको नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ को बराबरी खेलेको थियो ।

नेपाली टिम

गोलकिपर : एञ्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पूजा राना, मनमाया लिम्बु

मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल

प्रतिक्रिया दिनुहोस्