Logo

काग्लीयरी माथि युभेन्टसको सानदार जित



Spread the love

२० चैत, काठमाडौं ।
इटालियन सिरी ए अन्तर्गत लिगको शीर्ष स्थानमा रहेको युभेन्टसले मंगलबार काग्लीयरीको घरेलु मैदानमा २-० को जित निकालेको छ ।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण विश्राममा रहेको खेलमा युभेन्टसका लागि लिओनार्डो बोनुचि र मोइस किनले १-१ गोल गरे । खलेको २२ औं मिनेटमा युभेन्टसले बोनुचीको गोलमा अग्रता लिएको थियो । खेल सकिन ५ मिनेट बाँकी रहँदा युवा फरवार्ड किनले गोल गर्दै युभेन्टसको जित पक्का गरेको थियो ।

अंक तालिकामा युभेन्टसले १८ अंकको अग्रता लिएको छ । ३० खेलमा ८१ अंक जोडे युभेन्टसलाई २९ खेलमा ६३ अंक जोडेको नेपोलीले पछ्याइरहेको छ । तेस्रो स्थानमा इन्टर मिलानको ५३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्