Logo

पहिलो पटक टम ब्लन्डेलले विश्वकपको लागि न्युजिल्यान्डको टिममा आफ्नो नाम पार्न सफल



Spread the love

२० चैत, काठमाडौं ।
इंग्ल्यान्ड र वेल्सले आगामी मे ३० देखी जुलाई १४ सम्म संयुक्त रुपममा आयोजना गर्ने वान डे विश्वकपको लागि न्युजिल्यान्डले आफ्नो टोली घोषणा गरेको छ ।

न्युजिल्यान्डले बुधवार केन विलियम्सनको कप्तानीमा अन्तिम १५ सदस्यीय टोली घोषणा गरेको हो । न्युजिल्यान्डले विश्वकपमा जुन १ मा श्रीलंकासँग खेल्दै सुरुवात गर्ने छ ।

सन् २०१५ विश्वकपको उपविजेता समेत रहेको न्युजिल्यान्डले ओडीआई डेब्यु नै नगरेका विकेटकिपर टम ब्लन्डेललाई पनि टोलीमा समावेश गरेको छ।

 न्युजिल्यान्डको १५ सदस्य टोली :

१. केन विलियम्सन (कप्तान)

२. रोश टेलर

३. टम लेथम(विकेटकीपर)

४. टम ब्लन्डेल(विकेटकीपर)

५. मिचेल सेन्टनर

६. कोलिन डी ग्रान्डहोम

७. लोकी फ्रर्गुसन

८. टिम साउदी

९. ट्रेन्ट बोल्ट

१०. कोलिन मुनरो

११. ईश सोधी

१२. हेनरी निकोल्स

१३. मार्टिन गप्टिल

१४. म्याट हेनरी

१५. जेमी निशम

प्रतिक्रिया दिनुहोस्