Logo

माछा मार्ने क्रममा एक जनाको मृत्यु



Spread the love

२० चैत ,स्याङजा ।
माछा मार्ने क्रममा विष्फोटक पदार्थ पड्किदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाँउपालिका बस्ने बर्ष २० का पारस बराल रहेका छन् । विष्पोटक पदार्थ पड्किदा घाइते भएका बरालको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मुत्यु भएको हो ।

माछा मार्न पारस संगै अन्य ५ जना साथीहरु पनि गएका थिए । अन्य ५ जना भने सकुसल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिएका छन् ।

विष्पोटक पदार्थ प्रयोग गरी माछा मार्न नपाइने कानुन हुँदाहुँदै पनि त्यस्ता कार्य गरेको पाइएको भन्दै अन्य ४ जनालाई कानुनी कारबाही गरिने प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्