Logo

पाँच करोडको कारोबार गर्ने लक्ष्यका साथ आज देखी गुल्मी महोत्सव सुरु



Spread the love

चैत २० , काठमाडाैँ – “गुल्मीको समृद्धिका मुख्य आधार सांस्कृतिक संरक्षण एवम् पर्यटन विकासमा पूर्वधार” भन्ने मूल नाराका साथ आज देखी प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सव एवम् व्यापार मेला सुरु भएको छ ।

महोत्वसको आज रेसुङगा नगरपालीकाका प्रमुख डिल्लीराज भुसालले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । आज महोत्सवको पहिलो दिन गुल्मीमा नाचिने परम्परागत लोक नृत्य तथा झाकीहरु प्रर्दशन गरिएको थियो भने, कलाकार दुर्गेश थापा तथा गुल्मेली कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

चेम्बर अफ कर्मश गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको उक्त महोत्वस चैत ३० गतेसम्म चल्ने छ भने दुई दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्वसमा ८० हजार दर्शकले अवलोकन गर्ने तथा पाँच करोड रकम बराबरको कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ । साथै, महोत्वसबाट उठेको बचत रकमको ४० प्रतिशत रकम सामाजिक कार्यमा लगाउने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा अतिथिलाई कफी र गुड मायाको चिनो स्वरूप प्रदान गरिने भएको छ । गुल्मी जिल्लामा उत्पादित वस्तुलाई अन्य जिल्लाहरूमा प्रचारप्रसार गर्ने उद्देश्य स्वरूप मायाको चिनोमा कफी र गुड प्रदान गर्ने निर्णय गरेको सह संयोजक नवराज भुसालले सल्लेरी खबरलार्इ बताए ।

त्यस्तै, महोत्सवमा कृत्रिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याज निषेध गरिएको छ । महोत्सवमा गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका २ सय ३० वटा स्टल रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्