Logo

दुई दशकपछि अमिताभ बच्चन र राम्या कृष्णन एक साथ देखिँदै



Spread the love

एक्सन कमेडी जनराको हिन्दी फिल्म “बडे मिया छोटे मिया” मा सँगै काम गरेका अभिनेता अमिताभ बच्चन र अभिनेत्री राम्या कृष्णन करिब दुई दशक पछि फेरि सँगै देखा पर्दै छन् ।

निर्देशक तमिलभानन् द्वारा निर्देशन हुन लागेको तामिल फिल्म “उर्यान्थ मनिथान” मा उनीहरू जोडीको रूपमा देखा पर्न लागेका हुन ।

निर्देशक भन्छन्,“अहिले हामीले उनीहरूबिचको महत्त्वपूर्ण दृश्य मुम्बईमा सुटिङ गरिरहेका छौँ । र, उनीहरूजस्ता क्षमतावान जोडीलाई एकसाथ काम गरेको देख्दा दर्शक उत्साहित हुनेवाला छन् ।“

बाहुबली फेम शिवगामी देवी उर्फ राम्या कृष्णन र बलिउडका सेहेन्सा अमिताभ बच्चनको यो लिजेन्डरी जोडी, पक्कै पनि हिन्दी फिल्म पारखीहरू लागि मिठ्ठो सौगात हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्