Logo

आईपीएलः टस जितेर बलिङ गर्दै धोनीको चेन्नाई, कसले मार्ला बाजी ?



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भैरहेको डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किङ्स र मुम्बई इन्डियन्स बीचको खेलमा चेन्नाईले टस जितेर बलिङ रोजेको छ ।

महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नाईले तीन खेलमा तीनै खेल जित्दै यसपालीको आईपीएल सिजन अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

उता, रोहित शर्मा नेतृत्वको मुम्बई तीन खेल मध्ये एकमा जित र दुई खेलमा हार बेहोर्दै अंक तालिकाको छैठौं स्थानमा छ ।

यसर्थमा चेन्नाई आफ्नो शानदार जितको शृंखलालाई बरकरार राख्ने दाउमा छ भने मुम्बई थप जित हासिल गर्दै तालिकाको माथितिर सर्ने सोचमा देखिन्छ ।

अहिलेसम्म यी दुई टिमबीच २६ पटक भिडन्त भएको छ, जसमा मुम्बईले १४ र चेन्नईले १२ खेल जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्