Logo

आईपीएलः धोनीको चेन्नाईलाई मुम्बईले दियो १७१ रनको टार्गेट, कसले मार्ला बाजी ?



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किङ्स भर्सेस् मुम्बई इन्डियन्स बीचको खेलमा चेन्नाईलाई मुम्बईले शानदार १७१ रनको टार्गेट दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ५९ रन बनाए ।

बलिङमा चेन्नईका दीपक चहर, डीजे ब्रावो, इमरान ताहिर, रविन्द्र जडेजा र मोहित शर्माले एक–एक विकेट लिए ।

महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नाईले तीन खेलमा तीनै खेल जित्दै यसपालीको आईपीएल सिजन अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

उता, रोहित शर्मा नेतृत्वको मुम्बई तीन खेल मध्ये एकमा जित र दुई खेलमा हार बेहोर्दै अंक तालिकाको छैठौं स्थानमा छ ।

यसर्थमा चेन्नाई आफ्नो शानदार जितको शृंखलालाई बरकरार राख्ने दाउमा छ भने मुम्बई थप जित हासिल गर्दै तालिकाको माथितिर सर्ने सोचमा देखिन्छ ।

अहिलेसम्म यी दुई टिमबीच २६ पटक भिडन्त भएको छ, जसमा मुम्बईले १४ र चेन्नईले १२ खेल जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्