Logo

आईपीएलः जम्मा ६ रन दिँदै मुम्बईले लियो दोस्रो ओभर मै दुई विकेट, चेन्नाई दबाबमा



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किङ्स भर्सेस् मुम्बई इन्डियन्स बीचको खेलमा चेन्नाईलाई मुम्बईले शानदार १७१ रनको टार्गेट दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ५९ रन बनाए ।

बलिङमा चेन्नईका दीपक चहर, डीजे ब्रावो, इमरान ताहिर, रविन्द्र जडेजा र मोहित शर्माले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईलाई उच्च दबाबमा राख्दै मुम्बईले दोस्रो ओभरको समाप्तीमा जम्मा ६ रन दिदै दुई विकेट लिन सफल भएको छ ।

महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नाईले तीन खेलमा तीनै खेल जित्दै यसपालीको आईपीएल सिजन अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

उता, रोहित शर्मा नेतृत्वको मुम्बई तीन खेल मध्ये एकमा जित र दुई खेलमा हार बेहोर्दै अंक तालिकाको छैठौं स्थानमा छ ।

यसर्थमा चेन्नाई आफ्नो शानदार जितको शृंखलालाई बरकरार राख्ने दाउमा छ भने मुम्बई थप जित हासिल गर्दै तालिकाको माथितिर सर्ने सोचमा देखिन्छ ।

अहिलेसम्म यी दुई टिमबीच २६ पटक भिडन्त भएको छ, जसमा मुम्बईले १४ र चेन्नईले १२ खेल जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्