Logo

आईपीएलः अपराजित चेन्नाईलाई मुम्बईले चखायो पहिलो हारको स्वाद, ३७ रनले विजयी



Spread the love

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा बुधबार राती भएको खेलमा चेन्‍नाई सुपर किङ्‍सले यो सिजनको आफ्नो पहिलो हार व्यहोरेको छ ।

अंक तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्सले तीन खेल खेलेर अंक तालिकाको शीर्षस्थानमा रहेको चेन्‍नईलाई पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बइले घरेलु मैदानमा चेन्‍नईलाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

चेन्‍नाईले निर्धारित २० ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ३३ रनमात्र बनाउन सक्यो ।

यो भन्दा पहिले यी दुई टिमबीच २६ पटक भिडन्त भएको थियो, जसमा मुम्बईले १४ र चेन्नईले १२ खेल जितेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्