Logo

प्रत्येक सांसदका २ योजनालाई १ करोड रकम विनियोजन



Spread the love

२१ चैत, हेटौँडा । प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर अरबौका योजना बाँड्ने तयारी गरेको छ । संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २ योजनालाई १ करोड रकम विनियोजन गर्न लागिएको हो ।

प्रदेशसभा ३ मा १ सय ९ सांसद छन् । यसका लागि प्रदेश नीति तथा योजना आयोगमार्फत सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदलगायतसँग चैत १९ गते मंगलबार छलफल चलाएको छ । आफूले पनि भाग पाउने भएपछि प्रमुख विपक्षी कांग्रेसलगायतका दल पनि मौन छन् । कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्