Logo

आईपीएलः चेन्नाईका सुरेश रैना र ब्रावोले बनाए नयाँ यस्ता कीर्तिमान



Spread the love

 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सबाट खेलिरहेका सुरेश रैना र डिजे ब्रावोले नयाँ कीर्तिमान कायम गरेका छन् ।

सुरेश रैनाले मुम्बईविरुद्ध ८०० रन पूरा गर्ने पहिलो खेलाडी बन्दै नयाँ रेकर्ड बनाएका हुन् भने डिजे ब्रावोले मुम्बईविरुद्ध अहिलेसम्म २८ विकेट लिँदै नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् ।

हिजो भएको चेन्नाई भर्सेस् मुम्बईको महा-भिडन्तमा ब्रावोले सूर्यकुमार यादवलाई आउट गर्दै यस्तो रेकर्ड बनाउन सफल भए । यस्तै, उनले आइपीएलमा १०० विकेट पनि पूरा गर्नुका साथै चेन्नईबाट १०० विकेट लिने पहिलो तीव्र गतिको बलर पनि उनी नै भएका छन् ।

उनीहरूले नयाँ रेकर्ड बनाए पनि बुधबारको खेलमा चेन्नई भने मुम्बई सँग ३७ रनले पराजित भयो ।

 

प्रतिक्रिया दिनुहोस्