Logo

कार्डिफ सिटीलाई पराजित गर्दै म्यानचेस्टर सिटी लिगको शीर्षस्थानमा फर्कियो



Spread the love

२१ चैत, काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा कार्डिफ सिटीमाथि २–० को सहज जित निकाल्दै पुनः शीर्षस्थानमा फर्किएको छ ।

एमेरिक लापोर्टाेको पासमा डि ब्रुयनले गोल गरेपछि सिटी खेलको छैटौ मिनेटमै अग्रता बनाएको थियो । ४४औं मिनेटमा गाब्रियल जेससको पासमा लिरोए सानेले गोल गरेपछि सिटीले आफ्नो अग्रता दोब्बर बनाएको थियो । सिटीका लागि केभिन डि ब्रुयन र लिरोए सानेले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

दोस्रो हाफमा सिटीले गोलका मौका खेर फालेपनि पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै सिटीले लिभरपुलसँग १ अंकको अग्रता बनाएको छ । सिटीको ३२ खेलबाट ८० अंक पुगेको छ । समान खेलबाटै लिभरपुलको ७९ अंक छ । कार्डिफ २८ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्