Logo

नयाँ मैदानमा भएको उद्घाटन खेलमा टोटेनहम बिजयी



Spread the love

२१ चैत, काठमाडौं ।
इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले नयाँ मैदानमा भएको उद्घाटन खेलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

करिव १ अर्व लगानीमा निर्माण भएको रंगशालाको बुधबार राति भव्य उद्घाटन पछि भएको खेलमा टोटेनहमले नयाँ मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । नयाँ मैदानमा टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई जिताउन ह्युङ मिन सन र क्रिस्टियन इरिक्सनले गोल गरे ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि टोटेनहमले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । ५५औं मिनेटमा ह्युङ मिन सनले गोल गरे । र ८०औं मिनेटमा इरिक्सनले गोल गर्दै टोटेनहमले  २–० जित पक्का गरेको थियो  ।

जितसँगै टोटेनहम ६४ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेस ३६ अंकसहित १३औं स्थानमा रहेको छ । म्यानचेस्टर सिटी ८० अंक जोडेर लिगको शीर्षीस्थानमा रहँदा लिभरपुल ७९ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्