Logo

एमबाप्पेको गोलसँगै पीएसजी फ्रेन्च कपको फाइनलमा



Spread the love

२१ चैत, काठमाडौं ।
युवा फरवार्ड किलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको फ्रेन्च कपको सेमिफाइनलमा पीएसजीले १० खेलाडीमा समेटिएको नान्टेसलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पीएसजीको जितमा मार्काे भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले गोल गरे ।

केलियन एमबाप्पेको पासमा मार्काे भेराटीले खेलको २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुके । ७२औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो । नान्टेसका खालिफा दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिए । ८५औं मिनेटमा पीएसजीले अर्काे पेनाल्टीको मौका पायो । पहिलो पेनाल्टीमा चुकेका एमबाप्पे यसपटक चुकेनन् । ९०औं मिनेटमा ब्राजिलियन भेट्रान ड्यानी आल्भेसले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए ।

अब पीएसजीले उपाधिको लागि रेनिससँग २८ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । रेनिसले लियोनलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थन सुरक्षित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्