Logo

बायर्न नाटकीय जित निकाल्दै जर्मन कपको सेमिफाइनलमा



Spread the love

२१ चैत,काठमाडौँ ।
जर्मन च्याम्पियन बायर्न म्युनिखले दोस्रो डिभिजनको हेइडेनहेनलाई ५–४ गोलले पराजित गर्दै जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । निकै नै रोमाञ्चक र नाटकीय बनेको खेलमा बायर्नले दोस्रो डिभिजनको हेइडेनहेनलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा लियोन गोरेट्जका, थोमस मुलर र सर्जी जिनाब्रीले समान १ गोल गरे । हेइडेनहेनका रोवर्ट ग्लाटजेलले ह्याट्रिक पुरा गरे । मार्क स्चेननेटेररले एक गोल थपे । खेलको १२औं मिनेटमा लियोन गोरेट्जकाको गोलबाट बायर्न खेलमा अघि बढेको थियो । तर, १५औं मिनेटमा निकलस सुल रातो कार्ड खादै मैदान बाहिरिएपछि बायर्न १० खेलाडीमा मात्र समेटिएको थियो ।

बायर्न १० खेलाडीमा समेटिएको फाइदा उठाउदै हेइडेनहेनले पहिलो हाफमा २–१ को अग्रता बनाउन सफल भएको थियो । २६औं मिनेटमा रोवर्ट ग्लाटजेलले तथा ३९औं मिनेटमा मार्कले गोल गरेका थिए ।

दोस्रो हाफमा खेलमा फर्कदै १२ मिनेटको अन्तरमा बायर्नले ३ गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएका थिए । ५३औं मिनेटमा मुलरले गोल गरे । ५५औं मिनेटमा लेवान्डोस्कीले तथा ६५औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरे ।त्यसपछि रोवर्टले ७४औं र ७७औं मिनेटमा गोल गर्दै खललाई ४–४ गोलको बराबरीमा ल्याएका थिए।

८४औं मिनेटमा रोवर्टले गोल गर्दै बायर्नलाई ५–४ को रोमान्चक जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्