Logo

भक्तपुरको एक कुखुरा फार्ममा बर्डफ्लु भेटियो



Spread the love

२१ चैत , भक्तपुर ।
भक्तपुरमा बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ ।

उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा चन्द्र ढकालले जानकारी दिए ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त फार्मको चार किल्ला भित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे पशु चिकित्सक डा ढकालले जानकारी दिएका छन् । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्किएर निःसङ्क्रमण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्