Logo

आईपीएलः हैदरावाद विरुद्ध सन्दीपको दिल्ली तयार



Spread the love

२१ चैत, काठमाडौँ
इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ। नेपाली समय अनुसार बेलुका ८:१५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ ।

जारी प्रतियोगितामा हैदरावादले उत्कृष्ट प्रर्दशन गरेका छ । ओपनर डेविड वार्नर र जोनी बेयरस्ट्रोले सुरुवाती तीनै खेलमा शतकीय साझेदारी गरेका छन् । आजको खेलमा दिल्लीका बलरलाई यी दुई ब्याट्सम्यानलाई रोक्न निकै कठिन हुने देखिन्छ । मिडल अडरमा विजय शंकरको प्रर्दशन पनि उत्कृष्ट छ । मोहम्मद नाबी,राशिद खान,भुवनेश्वर कुमार,सहवाज नदीमले बलिङ पनि उतिकै राम्रो गर्दै आएका छन् ।

पहिलो खेलमै कोलकता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको हैदरावादले राजस्थान रोयल्सलाई ५ विकेट र रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । उच्च मनोवलमा रहेका हैदरावाद तेस्रो जितको खोजिमा हुने छ । यता दिल्ली भने फिनिसरको अभावको कारण जित नजिक पुगेको खेल पनि हारेको छ ।

मुम्बईलाई ३७ रनले हराउँदै विजयी सुरुवात गरेको दिल्लीले चेन्नईसँग ६ विकेटले पराजित हुन पुग्यो । कोलकतालाई सुपर ओभरमा हराउँदा पन्जावसँग १३ रनले पराजित भयो । पन्जावसँगको खेल फिनिसरको अभावको कारण गुमाएकोे थियो । अन्तिम १६ बलमा ८ रन जोड्न ७ विकेट गुमाएपछि नाटकीय हारको सामना गर्नु पर्यो ।

अपेक्षा भन्दा निकै खराव प्रर्दशन गरेका ओपनर शिखर धवनको स्थानमा दिल्लीले आज न्युजिल्यान्डका कोलिन मुनरोलाई मौका दिन सक्ने संभावना छ । पन्जावसँगको खेलमा बेन्चमा बसेका अमित मिश्रालाई पनि मैदान उतार्न सक्ने उच्च संभावना देखिन्छ । अन्य खेलाडी परिवर्तन गर्न सक्ने संभावना कम छ ।

यी दुईबीच आईपीएलमा हालसम्म १२ खेल भएका छन् । जसमा दिल्लीले ४ खेलमा जित निकाल्दा ८ खेलमा हारेको छ ।

सन्दीपको सम्भावना ?

सन्दीप आजको खेलमा दिल्लीको पहिलो रोजाईको स्पिनरको रुपमा मैदान उत्रने निश्चित जस्तै छ । फिरोज शाह कोटला स्पिनर उपयोगि मैदान हो । त्यसमा पनि सन्दीपले दुवै खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् । कोलकताविरुद्ध १ र पन्जावसँगको खेलमा कसिलो बलिङ गर्दै २ विकेट लिएका सन्दीपले अन्य बलरको तुलनामा इकोनमि रन पनि कम खर्चेका छन् । यस अर्थमा दिल्लीले सन्दीपको विकल्प खोज्ने छैन ।

प्रतिक्रिया दिनुहोस्