Logo

बिद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो



Spread the love

२१ चैत, चितवन।
रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझालाई विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कालोमोसो दली जुताको माला लगाई दिएका हुन् ।

३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओझामाथि कालोमोसो दल्नु परेकोे बताए ।  वषौ देखि ओझाले बिद्यार्थीको भविष्यमाथि खेलवाड गरि यसरी नै कक्षा चलाउदै आएको र विरोध गर्ने कोहि निस्के उसको प्राक्टिकल नम्वरनै कम दिएर दुःख दिने गरेको बिद्यार्थीको आरोप छ ।

यस पटक पनि उनको शिक्षण सिकाई क्रियाकलापको बिरोध गरेका चौथो सत्रान्तको ४ जना बिद्यार्थीको नम्वर निकै कम दिएपछि बिद्यार्थीहरु थप आन्दोलित बनेको र प्रशासनलाई ओेझाको प्रवृतिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि बिद्यार्थी आफैले कारवाही गर्नु परेको बिश्वबिद्यालय बिद्यार्थी नेता बामदेव रेग्मीले बताए ।

एउटा प्राध्यापकको भन्दा पनि विश्वबिद्यालयका समग्र प्राध्यापकहरुको प्रवृतिका बिरुद्ध आफुहरुको सघर्ष रहेको नेता रेग्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्