Logo

एसइईको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जना पक्राउ



Spread the love

चैत २१, सप्तरी ।
माध्यमिक शिक्षा परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेका ६ जनालाई बिहीबार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज–१० घर भएका विष्णूदेव यादव, राजविराज–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव, राजविराज–१० का २२ वर्षीय ब्रह्मदेव सुनरैत र सप्तरीको कञ्चनपुर नगरपालिका–६ का २५ वर्षीय दिपेन्द्र कुमार मण्डल छन् ।

चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनु अगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए । प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्