Logo

गुल्मीमा सुक्ष्म स्वास्थ्य शिविरबाट १२ सय जना लाभान्वित



Spread the love

२१ चैत,गुल्मी– गुल्मीको चन्द्रकोट गाँउपालिकाले सुक्ष्म स्वास्थ्य शिविर सम्मपन्न गरेको छ ।

स्वास्थ्यको पहुँचबाट टाढा रहेका सबै बस्तिमा सरल र सहज विधिबाट जनताको स्वाथ्य अवस्था बुझने उद्देश्यले ८ दिन सम्म निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाँउपालिकाका अध्यक्ष दोण बहादुर खत्रीले सल्लेरी खबरलाई बताए ।

उक्त शिविरबाट चन्द्रकोट गाँउपालिकाका करिब १२ सय जनाले सेवा लिएको गाँउपालिकाले जनाएको छ । शिविरमा रगत,दिशा,पिसाब,खकार,तथा आँखा समेत चेक जाँच गरिएको थियो ।

चन्द्रकोट गाँउपालिकाका आठै वटा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो भने प्रत्येक शिविरमा हेल्थ असिस्टेन्ट डाक्टर सहित ७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । साथै उक्त शिविरले चन्द्रकोट गाँउपालिकामा नसर्न रोग का विरामीको सङख्या बढदै गएको सङकेत गरेको छ ।

शिविर को रिपोर्टमा मधुमेह,बोड प्रेसर , हाईपोटेसन जस्ता रोगका विरामीको सङख्या बड्दै गएको स्वास्थ्य शिविरमा खटिएका डाक्टरहरुलाई उद्धृत गर्दै गाँउपालिकाका अध्यक्ष दोण बहादुर खत्रीले बताए ।

स्वास्थ्य शिविरका बारेमा बोल्दै  खत्रीले भने, “स्वास्थय शिविरबाट स्वास्थ्यको पहुँचबाटा टाढा रहेका जनातको स्वास्थ्य अवस्था बुझिएको र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएकोमा मेरो ध्यानाकर्षण भएको छ र गाँउपालिकाले स्वास्थ्य क्षेत्रमा थप नयाँ कार्ययोजना बनाउँनेछ ।”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्