Logo

आईपीएलः हैदराबाद टस जितेर सुरुमा बलिङ गर्दै, दिल्ली ब्याटिङमा; कसले मार्ला बाजी ?



Spread the love

भारतमा जारी १२ औं संस्करणको आईपीएल क्रिकेटमा अहिले नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदारबादबीच आमने सामने हुँदैछ ।

अहिले हैदराबादले टस जितेर सुरुमा बलिङ रोजेको छ । दिल्ली शानदार ब्याटिङ गर्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ ।

हैदराबाद यो सिजनमा उच्च फर्ममा देखिएको छ । उसले ३ खेलमा जित हात पारिसकेको छ । तर दिल्लीले भने २ खेलमा जित र २ खेलमा पराजित भएको छ ।

पछिल्लो खेलमा मजबुत स्थितिमा रहेको दिल्लीले लगातार गल्ती गर्दा पराजित हुन पुगेको थियो । मोहालीमा भएको उक्त खेलमा पञ्जाबसँग जित नजिक पुगेर पनि दिल्ली १४ रनले पराजित भएकाले उक्त खेलबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्थामा छ । आजको खेलमा हैदराबादको मजबुत ब्याटिङ अर्डरविरुद्ध दिल्ली संयमित भएर खेल्नुपर्ने छ ।

 

आजको खेलका लागि दिल्लीका ब्याट्सम्यान शिखर धवनका लागि पनि महत्वपूर्ण रहेको छ । यसअघि हैदरबादबाट खेलेका शिखर यसै सिजन दिल्लीमा आवद्ध भएकाले पुरानो टिमविरुद्ध उनको पहिलो खेल हो ।

हैदराबादमा जोन बेयरस्टो र डेभिड वार्नर दुवैले शतक प्रहार गर्दै विपक्षीलाई दबाब दिन सक्षम छन् । त्यसैले आजको खेलमा दिल्लीले वार्नरलाई रोक्ने रणनीति बनाउन जरुरी छ ।

हैदराबादसँग अफगानिस्तानका अफ स्पिनर मोहमद नवी र लेग स्पिनर रासिद खान छन् । उनीहरु जतिबेला पनि दिल्लीमाथि हावी हुन सक्ने क्षमता राख्छन् ।

प्रतिक्रिया दिनुहोस्