Logo

‘टिएमजे’मा अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव सुरु



Spread the love

२२ चैत, तेह्रथुम ।
ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगम स्थल तीनजुरे मिल्के जललजले (टिएमजे) क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव सुरु भएको छ ।

महोत्सवमा १ सय २ भन्दा बढी मुलुकका विदेशी पर्यटकहरु जम्मा हुने भएका छन् ।आज बाट आरम्भ भएको अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सवले नेपालमै पहिलो पटक धेरै मुलुकका पर्यटक एकै स्थानमा भेला गराउन लागेको हो ।

टिएमजे क्षेत्र खासगरी तीनै जिल्लाको संगम स्थलमा पर्ने भएतापनि यो महोत्सवको आयोजना भने संखुवासभा जिल्लामा पर्ने मादी नगरपालिकाको सहयोग तथा काठमाडौंमा रहेको शक्ति पिक नेपाल नामक संस्थाले स्थानीय तीनजुरे गुराँस क्लवको संयोजनमा सम्पन हुने भएको छ ।

कार्यक्रमको उद्घाटनको दिन आज २५ हजार पर्यटकलाई जमघट गराउने लक्ष्य रहेको आयोजक मादी नगरपालिकाका प्रमुख विदुर लिङथेप लिम्बुले बताएका छन् ।आजबाट आरम्भ भएको महोत्सब बैशाख २२ गतेसम्म सन्चालन भई कार्यक्रममा विश्वका ख्याती प्राप्त संगीत ब्यान्डमा आबद्ध संगीतकर्मीहरूले प्रस्तुती दिएर पर्यटकहरुलाई मनोरन्जन दिने छ । विश्वकै ध्यान टिएमजे क्षेत्रमा तान्ने उदेश्यमा आयोजक रहेको छ ।

लालिगुरासको राजधानीको उपनामले परिचित यो क्षेत्रमा घुम्न आउने पर्यटकले उच्च पहाडी वातावरण साथै यो वातावरणमा पाईने जंगली सुन्दरता र लेकाली जनजीवनमा रमाउन पाउनेछन् । विश्वभरमै पाईने ३२ प्रकारका लालिगुराँस मध्ये २८ प्रकारको गुरास यहाँको एकै जङ्गलमा पाइन्छ ।

महोत्सवमा युरोप तथा एसियाका प्रायजसो सबै मुलुकका पर्यटक को जमघट हुनेछ । महोत्सवका लागि अनलाईन मार्फत टिकटको ब्यवस्था गरिएको थियो । पर्यटकहरुलाई खान, बस्न, सुत्नका लागि सबै ब्यवस्था गरिएको तीनजुरे गुराँस क्लवका पदाधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्