Logo

उपाधि विहीन बन्दै नेपाली फुटसल टोली घर फर्कियो



Spread the love

२२ चैत ,काठमाडौँ ।
अर्जेन्टिनामा जारी १२औ संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ। समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए ।

यो हारसँगै नेपाल समूह ‘डी’ मा उपाधि विहीन बन्दै घर फर्किएको छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

१२औँ संस्करणको विश्वकप फुटसलमा सहभागी हुन नेपाली टोली यही चैत १४ गते त्यसतर्फ गएको थियो । जसमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाएको थियो। नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन् । तीनै खेलमा पराजित नेपाली टोली आजै स्वदेश फर्कंदै छ ।

प्रतिक्रिया दिनुहोस्