Logo

गुल्मीमा पहिलो पटक उपभोक्ता सचेतना गोष्ठी



Spread the love

२२ चैत, गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा पहिलो पटक उपभोक्ता सचेतना गोष्ठी तथा एक दिवसीय साझेदारी कार्यक्रम सम्पन्न भएको छ । गुणस्तरीय वस्तु र सेवामा उपभोक्ता को अधिकार हामी सबै को सरोकार भन्ने मूल नाराका साथ गोष्ठी सञ्चालन गरिएको थियो ।

उपभोक्ता सचेतना गोष्ठी तथा एक दिवसीय साझेदारी कार्यक्रम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौँ , उपभोक्ता मञ्च नेपाल तथा उपभोक्ता मञ्च गुल्मीको संयुक्त रूपमा आयोजना गरिएको हो ।

गोष्ठीमा उपभोक्ता संरक्षण ऐन २०७५ को बारेमा जानकारी गराईएको थियो भने उपभोक्ता मञ्च नेपालका केन्द्रीय सचिव शत्रूघन प्रसाद देवले उपभोक्ता हितमा स्थानीय निकायको अनुगमन र चुनौतीको बारेमा प्रष्ट पारेका थिए ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका विशेष अतिथि समेत रहेका यदुनाथ पौडेलले उपभोक्ता सचेतनाको पहिलो बाटो भनेको नागरिक जागरण भएको बताए । त्यस्तै, रेसुङ्गा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रहेका डिल्लीराज भुसालले सबै उपभोक्ता लाई सचेत हुन आग्रह गरे । साथै, व्यवसायीहरूलाई खराब चिज बजारमा नभित्र्याउँन निर्देशन समेत दिएका थिए । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीप्रसाद भलामी , व्यवसायी महेन्द्र भण्डारी लगायतले आफ्ना भनाई राखेका थिए ।

त्यस्तै, व्यवसायीहरूले आफ्ना जिज्ञासा राखेका थिए भने उपभोक्ता मञ्च नेपालका केन्द्रीय सचिव शत्रूघन प्रसाद देव र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिज्ञासाको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रम उपभोक्ता मञ्च गुल्मीका अध्यक्ष छन्त पहराईको अध्यक्षता तथा युवराज भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्