Logo

आईपीएलः कोलकत्ता विरुद्ध पहिलो जित निकाल्ने लक्ष्य सहित कोहलीको बैंग्लोर मैदानमा उत्रिदैं



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नेपाली समय अनुसार आज राति सवा आठ बजे रोयल च्यालेञ्जर्स बैंग्लोर र कोलकत्ता नाइट राइडर्सबीच आमनेसामने हुदैँछ ।

खेल बैंग्लोरस्थित एम चिन्नास्वामी मैदानमा हुनेछ ।

कोलकत्ता विरुद्ध घरेलु मैदानमा उत्रिँदै गर्दा बैंग्लोर यो आईपीएलमा पहिलो जितको खोजीमा हुनेछ ।

आईपीएलमा बैंग्लोरले निकै खराब प्रदर्शन गरेको छ । यसअघि खेलेको चार खेलमा बैंग्लोरले कुनै पनि जित निकालेको छैन ।

कोलकत्ताले भने तीन खेल खेलेर दुई जित निकालि सकेको छ ।

०००

०००

प्रतिक्रिया दिनुहोस्