Logo

अब स्मार्टफोनमा फेसबुक, इन्स्टा र म्यासेन्जर बन्द हुनेछ



Spread the love

अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर लगाएतका सोसल साइटको सपोर्ट बन्द गरिने बताइएको छ । माइक्रोसफ्टले विन्डोज फोनको लागि फेसबुक बन्द गर्ने तयारी गरिरहेको छ । यदि तपाईसँग पनि विन्डोज फोन छ भने सोसल मिडियाको सपोर्ट पाउनु हुने छैन ।

तर विन्डोज फोन युजर्सहरुले सोसल मिडियाको एक्सेस पाउनका लागि थर्ड पार्टी एप या वेबको साहारा लिनुपर्नेछ । अहिले आएर विन्डोजको स्मार्ट फोन बन्न बन्द भई सकेको छ । यसका साथै माइक्रोसफ्टले धेरै पहिलेदेखि नै आफ्नो स्मार्टफोन सार्वजनिक गर्न छोडिसकेको छ ।

यति मात्रै होइन विन्डोज फोनमा ह्वाट्स एपको सपोर्टलाई पनि धेरै पहिल्यै बन्द गरिदिएको जनाएको छ । माइक्रोसफ्ट आफैले यो जनाकारी गराएको हो, आगामी डिसेम्बर २०१९ बाट विन्डोज फोनको लागि सिक्योरिटी अपडेट्स दिने छैन ।

रेडिटमा युजर्सहरुले यस जानकारीलाई पोष्ट गरेका छन् । केही अन्य युजर्सहरुले स्क्रिनशट पनि पोष्ट गरेका छन्, जहाँ इन्टाग्रामको नोटिफिकेशन छ । उक्त नोटिफिकेशनमा लेखिएको छ, ‘विन्डोज फोनको लागि इन्स्टाग्राम चाँडै बन्द हुँदैछ । ३० अप्रिलबाट विन्डोज फोनको लागि इन्टाग्राम उपलब्ध हुनेछैन । तर तपाईले वेब ब्राउजरबाट भने इन्टाग्राम चलाउन सक्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्