Logo

आठौँ राष्ट्रिय खेलकुदमा गुल्मीबाट १० खेलाडी छनोटः को को परे छनोटमा ?



Spread the love
आठौँ राष्ट्रिय खेलकुदका लागि गुल्मीबाट छनोट भएका खेलाडीहरूको नामावली

२२ चैत , काठमाडाैँ – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गुल्मी जिल्लाबाट विभिन्न विधामा गरी १० जना खेलाडी छनोट हुन सफल भएका छन् ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका खेलाडीहरूले प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा प्रतिस्पर्धा गरेका थिए ।

गुल्मीबाट तेक्वान्दोतर्फ पद्मा पुन , कराते तर्फ गीता पुवारे र रक्षा शाही छनोट भएका छन् भने भलिबल तर्फ दीपेन्द्र श्रेष्ठ, बादल हमाल , माैसम कुवर छनोट भएका छन् । त्यसै गरी आई टि एफ तेकान्दो तर्फ सविना श्रेष्ठ छनोट भएकी छन् ।

१५ वर्षीया श्रेष्ठले हालै मलेशियामा सम्पन्न प्रथम एसियन र्आइ टि एफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक समेत हात पारेकी थिइन भने उक्त प्रतियोगितामा नेपालले अन्य कुनै पदक हात पार्न सकेको थिएन ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गुल्मी जिल्लाबाट १ सय ४३ जना खेलाडी छनोट भएका थिए तर प्रदेश स्तरीय छनोट खेलमा अन्य खेलाडी भने आफ्नो स्थान बनाउन असफल रहे ।

यता जिल्ला खेलकुद विकास समितिका डिल्ली विश्वकर्माले भने हाम्रा खेलाडी राम्रा छन् आफ्नो सीप र क्षमता प्रदर्शन गर्नमा आफू आशवादी रहेको बताए ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बाँके जिल्लाका विभिन्न खेल मैदानसँगै केही खेलहरू बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौँमा समेत हुनेछन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्