Logo

गुल्मीमा उत्पादनमा आधरित अनुदान कार्यक्रम सुरु



Spread the love

२२ चैत, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालीका गाँउपालिकाले उत्पादनमा आधरित अनुदान कार्यक्रम सुरु गरेको छ ।

व्यवसायिक किसानहरुलाई सहकारीको माध्यमबाट कृषि उपजलाई बढी उत्पादनका आधारमा अनुदान दिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले सल्लेरी खबरलाई बताए । किसानहरूलाई व्यवसायिक कृषि तर्फ उन्मुख गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । सोही अनुरूप शुक्रबार गाँउपालिकाको वडा नम्बर ६ अर्जेमा पनि उत्पादनमा आधरित अनुदान कार्यक्रम सम्पन्न भएको छ । उक्त अनुदान कार्यक्रमबाट वडा नम्बर ६ अर्जेका १३ जना किसानलाई अनुदान प्रदान गरिनुका साथै सम्मान पनि गरिएको छ ।

उत्पादन अनुसार अनुदान दिने कार्यक्रम भएकाले किसानहरूले आफ्नो उत्पादन अनुसार अनुदान पाएको प्रवक्ता गिरीले बताए ।

यो वर्ष मालीका गाउँपालिकाले यस कार्यक्रमका लागि मात्रै एक लाख ६६ हजार ६ सय रुपैयाँ रकम समेत छुट्ट्याएको छ ।

अनुदान कार्यक्रमको बारेमा बोल्दै प्रवक्ता गिरीले “भने नेपाली समाजमा कृषि पेशालाई हेला गरिन्छ र किसानको सम्मान पनि गरिँदैन । यही परम्परालाई तोडन् र किसानलार्ई व्यावसायिक कृषि प्रणाली तर्फ उन्मुख गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।”

उक्त्त कार्यक्रम मालीका गाउँपालिकाका सबै वडाहरूमा सञ्चालन गरिएको छ । यस कार्यक्रमबाट किसानलाई राहत र उत्पादनमा लाग्न थप ऊर्जा मिल्ने गाउँपालिकाले अपेक्षा राखेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्