Logo

गुल्मी महोत्वसको चौथो दिन अविरल वर्षा र भारी असिना, कलाकारले गाउन पाएनन् दर्शकले हेर्न पाएनन्



Spread the love
महोत्सवका दाैरान परेको असिना

२३ चैत, गुल्मी – अकस्मात् पानीसँगै परेको भारी असिनाले गुल्मी महोत्वसको चौथो दिनलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

कलाकारहरूले आफ्नो प्रस्तुति देखाई रहेको बेला एक्कासि परेको अविरल वर्षा र भारी असिनाले दर्शक बिच भागाभागको स्थिति उत्पन्न भएको छ । केही कलाकारहरूले आफ्नो प्रस्तुति देखाए पनि केही कलाकारहरूले भने प्रस्तुति देखाउन पाएनन् ।

महोत्सव हेर्न पुगेका दर्शकहरू असिनाबाट जोगिन सुरक्षित स्थानमा

अविरल वर्षासँगै परेको पानीका कारण ठुलो भाग दौड मच्चिएको थियो । भगा दौडबाट कुनै अप्रिय घटना भने नघटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दीपक कुमार बस्नेतले सल्लेरी खबरलाई जानकारी दिए ।

“गुल्मीको समृद्धिका मुख्य आधार सांस्कृतिक संरक्षण एवम् पर्यटन विकासमा पूर्वधार” भन्ने मूल नाराका साथ चैत २० गते देखि सुरु भएको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्वस चैत ३० गतेसम्म चल्ने छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्