Logo

लियो क्लबद्वारा गुल्मीका विपन्न बालकलाई आर्थिक सहयोग



Spread the love
विपन्न बालकलाई सहयोग गरेपछि तस्बीर खिचाउँदै लियो क्लबका अफिसियल सहित बालक ( रातो सर्ट लगाएका )

२४ चैत, काठमाडाैँ – रुपन्देहीको लियो क्लबले असहाय अपाङ्ग तथा अनाथ बालबालिकालाई गर्दै आएको सहयोगलाई निरन्तरता दिएको छ । उसले शनिबार गुल्मीको धुर्कोट गाउँका बालक राजन खत्रीलाई नगद सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

क्लबले १५ हजार नगद सहित आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक भरत क्षेत्रीले सल्लेरी खबरलाई बताए । घरपरिवारको आर्थिक अवस्था नाजुक रहेको र बालक पढाइ छोड्ने अवस्थामा पुगेपछि क्लबले चासो देखाएर बालकलाई आर्थिक सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, लियो क्लबका अध्यक्ष सन्तोष खरेल लगाएतको उपस्थिति रहेको थियो

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्