Logo

आईपीएलः शानदार ६ विकेट लिदैँ मुम्बईका जोसेफले हराए हैदराबादलाई, बने ‘म्यान अफ द म्याच’



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार सम्पन्न सनराईजर्स हैदरावाद र मुम्बई इन्डियन्स बीचको खेलमा मुम्बईका बलर अल्जारी जोसेफ एक्लैले ६ विकेट लिएपछि हैदराबाद विरुद्ध मुम्बईले शानदार जित निकालेको छ ।

राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १३७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको  हैदरावाद १७ ओभर ४ बलमा अलआउट हुँदै ९६ रन मै समेटिएको थियो । हैदरावादको ब्याटिङ लाईन तहसनहस पार्ने क्रममा म्यान अफ द म्याच बनेक अल्जारी जोसेफ एक्लैले ६ विकेट लिएका थिए । जोसेफले ३.४ ओभर बलिङ गर्दै १ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिएका हुन ।

मुम्बइले हैदरावादलाई १ सय ३७ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदरावादले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९६ रनमात्र बनाउन सक्यो ।

हैदरावादका लागि दीपक हुड्डाले २०, मनिश पाण्डे र जोनी बेरिस्टो समान १६-१६, डेभिड वार्नरे १५, मोहम्मद नाबीले ११ , विजय शंकर र सन्दीप शर्माले समान ५-५ रन, भुवनेश्वर कुमारले २ रन जोडेका थिए ।

यसअघि मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट घुमाउदै १ सय ३६ रन बनाएको थियो ।

मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । त्यस्तै रोहित शर्माले १७ रन जोड्दा क्यु डी कोकाले १९ रन जोडे ।

बलिङतर्फ हैदराबादका शीदार्थ काउलले तीन विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिए । हैदराबादका लागि सन्दीप शर्मा र रशिद खानले समान एक एक विकेट लिए ।

हैदरावाद र मुम्बइ दुबैले ५ खेलमा ३ मा जित र २ मा हार व्यहोर्दै ६ अंक ल्याएका छन् । रनरेटका आधारमा हैदरावाद अंकतालिकाको दोस्रो नम्बरमा छ भने मुम्बइ इण्डियन्स अंकतालिकाको चौंथो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्