Logo

आईपीएलः सन्दीपको दिल्ली भर्सेस् विराट कोहलीको बैंग्लोर, कसले मार्ला बाजी ?



Spread the love

भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स र विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग आमने सामने हुदैंछ ।

दिउँसो सवा ४ बजे हुने खेलमा बैंग्लोर छैटौं खेलमा जितको खोजीमा हुनेछ । यसअघिका सबै खेलमा बैंग्लोर पराजित भएको छ । घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा बेंग्लोर छ । अहिलेसम्म बैंग्लोर अंकविहीन छ ।

यता, दिल्ली पनि बैंग्लोरलाई पराजित गर्दै लिगमा तेस्रो जितको खोजिमा हुनेछ । दिल्लीले खेलको पाँच खेलमध्ये दुई खेलमा जित हात पारेको छ भने तीन खेलमा पराजित भएको छ । दिल्ली अहिले लिगको छैटौं स्थानमा छ । बैंग्लोरलाई पराजित गरे दिल्ली लिगको दोस्रो स्थानसम्म उक्लिन सक्छ । तर निकै गाह्रो छ ।

लिगको शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्सको ८ अंक छ । तर बाँकी चार टिम सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जाबको समान ६-६ अंक छ ।

दिल्लीको भने चार अंक छ । दिल्लीले बैंग्लोरलाई फराकिलो अन्तरले पराजित गरे लिगको दोस्रो स्थानमा उक्लिने छ भने कम अन्तरले पराजित गरेको खण्डमा पनि दिल्लीलाई तेस्रो स्थानसम्म पुग्ने मौका छ ।

प्रतिक्रिया दिनुहोस्