Logo

चट्याङले लियो १० वर्षीयाको ज्यान



Spread the love

२४ चैत, काथमाडाैँ – चट्याङ लागेर मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीमा आज एक बालिकाको मृत्यु भएको छ ।

खेतमा बाँधेको गाई घरतिर लिएर आउँदै गर्दा चट्याङ लागेर १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते राजवंशीलाई उपचारका लागि विराट मेडिकल कलेज लैजाने क्रममा उनको मृत्यु भएको हो ।

बालिकाको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्