Logo

रोनाल्डोविनै युभेन्टसको सहज जित



Spread the love

२४ चैत , काठमाडौँ ।
सुपरस्टार क्रिस्टियानो रोनाल्डो विनै मैदान उत्रिएको युभेन्टसले इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई पराजित गरेको छ।  युभेन्टसले घरेलु मैदानमा एसी मिलान माथि २–१ को पूनरागमन जित निकालेको हो ।

चोटका कारण सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने मिलान विरुद्धको खेलमा उत्रिएनन् । घरेलु मैदानमा युभेन्टसको पूनरागमन जितमा पाउलो डिब्याला र मोएस किनले गोल गरे । मिलानका क्रिजिस्टोफ पियाटिकले गोल गरे ।

३९औं मिनेटमा पियाटिकले गोल गरेपछि मिलाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । टिमोउ बाकायोकोका पासमा पियाटिक गोल गर्न सफल भएका थिए । तर, मिलानले त्यो अग्रतालाई जोगाउन सकेन ।

६०औं मिनेटमा घरेलु टोली युभेन्टस पेनाल्टी मार्फत खेलमा फर्कियो । मुसाचियोले डिब्यालालाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिब्याला आफैले गोल गरे । ८४औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।

जितसँगै युभेन्टसले आफ्नो शीर्षता थप बलियो बनाएको छ । युभेन्टस ३१ खेलबाट ८४ अंक जोडेर शीर्षस्थानमा रहँदा दोस्रो स्थानको नेपोलीलाई २१ अंकले पछि पारेको छ । पराजित मिलान ५२ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्