Logo

एइबार माथि रियलको कठिन जित



Spread the love

२४ चैत, काठमाडौं ।
स्पेनिस ला लिगा अन्तर्गत स्पेनिस महारथी रियल म्याड्रिडले शनिबार राति एइबार माथि २–१ को कठिन जित निकालेको हो। एइबारका मार्क कार्डाेनाले पहिलो हाफमा सुरुवाती गोल गरेका थिए । घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

खेलको ३९औं मिनेटमा मार्क कार्डाेनाले गोन्जलोको पासमा गोल गरेपछि रियाल पहिलो हाफमा १–० ले पछि परेको थियो । ५९औं मिनेटमा करिम बेन्जेमाले बराबरी गोल फर्काए पछि रियल खेलमा फर्किएको थियो । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा करिम बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई २–१ को महत्त्वपूर्ण जित दिलाए । जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोना र दोस्रो रहेको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ ।

रियलले एट्लेटिकोसँग २ अंकको अन्तर कायम राख्दा बार्सिलोनासँगको अंक दुरी १० मा झारेको छ । यद्दपि दुवै टोलीले एक खेल कम खेलेका छन् । एइबार ३९ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्