Logo

भिक्षु अश्वघोषको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने



Spread the love

२४ चैत, काठमाडौं ।
सरकारले भिक्षु अश्वघोष महास्थविरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । भिक्षु अश्वघोष महास्थविरको शुक्रबार निधन भएको थियो ।

उहाँ २०५४ देखि २०५९ सम्म राष्ट्रियसभाका सांसद हुनुहुन्थ्याे । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिको रुपमा एमालेले उहाँलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्