Logo

सेती नदीमा डुवेर बेपत्ता प्राविधिकको शव एक सातापछि भेटियो



Spread the love

२४ चैत, डोटी ।
एकसाता अघि सेती नदीमा डुवेर बेपत्ता दीपेन्द्र ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेला परेको छ ।

निर्माणाधिन सेती हाईड्रो पावरमा कार्यरत रुकुमका प्राविधिक दीपेन्द्र ओली डोटीस्थित पर्ने सेती नदिमा खोला तर्ने क्रममा नाउ पल्टिएर बेपत्ता भएका थिए । लामो समययको खोजिकार्य सँगै ओलीको शव आइतबार फेला परेको सशस्त्र प्रहरी दिपायलका गणपति तथा एसपी प्रदीपकुमार पालले जानकारी दिएका हुन् ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती हाइड्रो पावर निर्माणको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि काम गर्न प्राविधिक ओली डोटी पुगेका थिए । सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको विपद् व्यवस्थापन टोलीले ओलीको शव फेला ५ दिनपछि फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्