Logo

२२ गतेदेखि जिल्ला अस्पताल गुल्मीको ओपिडी सेवा अनिश्चितकालका लागि ठप्प



Spread the love
जिल्ला अस्पताल गुल्मीको बन्द ओपिडी कक्षको गेट

२४ चैत, काठमाडाैँ –  जिल्ला अस्पताल गुल्मीले २२ गते देखि ओपिडी सेवा ठप्प पारेको छ । कर्मचारी समायोजनमा विभेद गरेको भन्दै चिकित्सकहरुले गरेको विरोधलाई सर्मथन गर्दै ओपिडि सेवा बन्द गरिएको गुल्मी अस्पतालले जनाएको छ ।

ओपिडीको सेवा इमर्जेन्सी कक्षबाट दिएको अस्पताल स्रोतले जनाएको छ । तर इमर्जेन्सीबाट सेवा दिए पनि डाक्टरहरुको आन्दोलनका कारण बिरामीलाई भने प्रत्यक्ष असर परेको छ ।

ओपिडी सेवा बन्द नहुँदा दैनिक करिब १५०-२०० जनाले सेवा लिने गरेकोमा अहिले करिब १०० जनाले मात्रै सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

यता जिल्ला अस्पताल गुल्मीका डाक्टर अनिल आर्चायले सल्लेरी खबरसँग कुरा गर्दै भने, “विरामी लाई दु:ख दिने नियत होईन सरकारले गरेको विभेदकारी समायोजनको साङ्केतिक विरोध स्वरुप ओपिडी सेवा बन्द गरिएको भएता पनि बिरामीको सेवामा भने कुनै कमि हुन दिएका छैनौँ ।”

त्यस्तै, यता जिल्लाको सत्तवती गाउँपालिका स्थित जोहाङ स्वास्थ्य केन्द्रमा पनि सरकारले समायोजनमा विभेद गरेको भन्दै विरोध स्वरुप कालो पटी बाँधेर काम गरिरहेको डाक्टर शिला ढकालले सल्लेरी खबरलाई बताईन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्