Logo

स्वास्थ्य दिवसको अवसर पारी गुल्मीमा बिरामीलाई फलफुल वितरण



Spread the love

२४ चैत, गुल्मी – आज विश्व स्वास्थ्य दिवस देशै भरि विभिन्न कार्यक्रम गरि मनाईएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को १९४८ अप्रिल ७ तारिकको दिन स्थापना भएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाउने गरिन्छ । सोही अवसरमा जिल्ला अस्पताल गुल्मीमा पनि बिरामीलाई फलफुल वितरण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी संघ इकाई कमिटि गुल्मीले गुल्मी अस्पतालमा इमरजेन्सी कक्षमा उपचार गराई रहेका ८ जना बिरामीलाई फलफुल वितरण गरेको हो ।

फलफुल वितरण गर्दै जिल्ला अस्पताल गुल्मीमा कार्यरत डाक्टरहरुले बिरामीको शीघ्र स्वाथ्य लाभको कामना समेत गरेका थिए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण गुल्मीका कार्यालय प्रमुख नारायण अर्याल , नेपाल विद्युत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी संघ इकाई कमिटका अध्यक्ष शक्ति राज घिमिरे, डा. अनिल आचार्य लगायतको सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्