Logo

मातृभूमि क्रिकेट कप चैत्र ३० गते हुने



Spread the love


२५ चैत, काठमाडौं।
भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ स्वरुप आयोजना गरिएको मातृभूमि क्रिकेट कप चैत्र ३० गते हुने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले आयोजना गरेको यस प्रतियोगीता चैत २३ गते हुने भनिएता पनि मौसमको खराबीको कारण पछी सारिएको हो । २३ गतेको लागी अग्रीम टिकट बिक्री भैसकेको र सोही टिकटले ३० गते हुने प्रतियोगीता हेर्न मिल्ने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलको आयोजना हुँदैछ। क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् भने कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।

खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्