Logo

सत्यवतीमा वोयर बाख्रा प्रदर्शनी, मासु निर्यात गर्न गाउँपालिका सक्षम



Spread the love
गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल र प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी

गुल्मीको सत्यवती गाउँपालिकाको आयोजना तथा सत्यवती गाउँपालिका बाख्रा पालन समितिको सहआयोजनामा आइतबार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ लिम्घामा वोयर क्रस बाख्रा प्रदर्शनी गरिएको छ ।

किसानहरूलाई पशुपालन तथा कुषी क्षेत्रमा उत्प्रेरणा जगाउनको लागी बाख्रा प्रदर्शनी गरिएको हो । मेलामा वडा नम्बर ४ का किसानहरूले पालेका १ हजार १ सय ७७ वटा बाख्रा प्रदर्शन गरिएको छ ।

कार्यक्रममा सबै बाख्राको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । प्रदर्शनीमा त्यस क्षेत्रमा किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

साथै अब सत्यवती गाउँपालिका मासु निर्यात गर्नमा सक्षम गाउँपालिका भएको अध्यक्ष पारिश्वर ढकालले दाबी गरेका छन् । सल्लेरी खबर सँगको कुराकानीमा उनले भने “हामी अव मासु निर्यात गर्नमा सक्षम भएका छौँ । एक ट्रक बोका त तत्कालै बाहिर पठाउन सक्छौ ।”

प्रदर्शनीको उद्घाटन गदै ढकालले सबै किसानहरू उत्पादनमा लाग्न आग्रह गरे र बजारीकरणको जिम्मा आफूले लिने प्रतिबद्धता व्यक्त गरेका छन् । अब चालिस, पचास हजार कमाउन विदेश जान नपर्ने उनको भनाइ रहेको थियो । सबै किसान उत्पादनमा लागे गाउँ समृद्धि हुने उनको बुझाइ रहेको थियो ।

त्यस्तै पशुपक्षी शाखाका प्रमुख नारायण खनालले पनि उन्नत जातका बाख्रापालन र उत्पादनबाट मात्रै समृद्धि हुने कुरामा जोड दिएका थिए ।

सम्मानित किसान

यस अवसरमा गाउँपालिकाबाट विभिन्न विधामा उत्कृष्ट भएका १३ जना किसानलाई जिन्सी र प्रमाण पत्रले सम्मान गरिएको थियो भने बयर जातमा बाख्रा पालेका १८ उत्कुष्ठ किसानलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

उत्कृष्ट बाख्रा पालन समूहमा भैरव स्थान बाख्रा समूह प्रथम, देउराली बाख्रा समूह द्धितिय र चण्डेश्वरी बाख्रा पालन समूह तृतीय भएका थिए । स्थान ल्याउन सफल सबैलाई गाँउपालीकाले नगद र प्रमाणपत्रले सम्मान समेत गरेको थियो

प्रदर्शनीमा प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी, गाउँपालिका भित्रका वडा अध्यक्षहरू, बाख्रा विज्ञ तथा किसानहरूको बाक्लो सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्