Logo

इभान राकीटिचले बार्सिलोना छाड्ने प्रबल सम्भावना



Spread the love

२५ चैत, काठमाडौं ।
बार्सिलोनाका मिडफिल्डर इभान राकीटिच सिजनको अन्त्यमा बार्सिलोना छाड्ने सम्भावना बढेको छ ।बार्सिलोनाले डच मिडफिल्डर फ्रान्की डे जंग भित्र्याएपछि राकीटिचले पहिलो रोजाइमा मौका नपाउने देखिन्छ ।

यसैकारण राकीटिचले अन्य क्लबमा आफ्नो भविष्य खोज्न थालेका हुन् । ३१ वर्षीय मिडफिल्डरले क्लब छाड्ने इच्छा नदेखाए पनि बेन्चमा रहने खेलाडीका लागि बार्सिलोनाले नयाँ सम्झौता गर्ने संकेत दिएको छैन । राकीटिच नयाँ सम्झौता नपाए क्लब छाड्ने मनसायमा रहेको संचारमाध्यमले जनाएका छन् ।

राकीटिचलाई बेच्दा बार्सिलोनाले मोटो रकम पनि प्राप्त गर्ने र अन्य खेलाडीमा खर्च गर्न सक्नेछ । राकीटिच आफैं पनि बार्सिलोनामा दोस्रो रोजाईमा बस्नुभन्दा नयाँ क्लबमा जान इच्छुक रहेका छन् । यसका लागि उनले इटालियन क्लब युभेन्ट्समा नजर लगाएका छन् । युभेन्ट्सलाई पनि अनुभवी मिडफिल्डरको आवश्यकता परिरहेको र राकीटिच त्यसको लागि उपयुक्त रहने छन् ।

प्रतिक्रिया दिनुहोस्