Logo

एउटा खुट्टा गुमाएकी किस्टीको सगमाथा चड्ने चाहना



Spread the love

२५ चैत, काठमाडौं ।
एउटा मात्र खुट्टाको भरमा दैनिक जीवन यापन गर्न कत्ती असहज होला ? अझ लामो दुरी ठुला ठुला पहाड चड्ने कुरा त अधिकांश मानिसहरुको लागि कल्पना बाहिरको नै कुरा हो । तर क्रिस्टी एनिस जो आफ्नो १ ओटामात्र खुट्टा हुँदा पनि विश्वकै सवोच्च शिखर सगरमाथा चड्ने सपना देखि रहेकी छन् ।उनले हाल सम्म ५ ओटा हिमालको सफल आरोहण गरी सकेकी छन् ।

६ वर्ष सम्म अमेरिकी सेनामा काम गरेकी उनको अमेरिकी सेनामा कार्यरत रहँदा अफगानिस्तान खटिएकी क्रिस्टी एनिस सन् २०१२ मा एउटा हेलिकप्टर दुर्घटनामा परेकी थिईन् । सो दुर्घटनामा उनले देब्रे खुट्टा गुमाइन्, तर हार भने मानिनन्। जसपछि नै उनी पर्वतारोही बनेकी हुन् । सोहीबेला देखी उनलाई नयाँ काम गर्ने प्रेरणा मिल्यो । उनी भन्छिन् मैले चाहेको कुरा म पुरा गर्न सक्छु भन्ने आत्मविश्वास पनि बढ्यो ।

आफूजस्तै अपाङ्गता भएका युवतीहरूलाई प्रोत्साहन गर्न उनले पर्वतारोहण गर्न थालिन्। उनको अबको लक्ष्य सगरमाथा हो। दुर्घटनामा धेरै कुरा गुमाए र धेरै कुरा पनि पाएको महसुस गर्ने उनी इतिहास रच्न चाहान्छिन् । आफ्नो घुडा भन्दा माथि काटिएपनि सगरमाथा चड्न सफल हुने उनको चाहना रहेको छ ।

-विविसी

प्रतिक्रिया दिनुहोस्