Logo

आज नेपाल र इन्डोनेसिया प्रतिष्ठाको लागि भिड्दै



Spread the love

२६ चैत, काठमाडौं ।
महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेलमा आज नेपालले इन्डोनेसियाको सामना गर्दै छ।

खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ भने दुवै टोलि पहिलो जीतको खोजिमा हुनेछ । ओलम्पिक छनोटबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग पराजित हुनु पर्यो।

इन्डोनेसिया तुलनात्मक रुपमा नेपाल भन्दा निक्कै कमजोर रहेको छ । इन्डोनेसिया आफ्नो पहिलो खेलमा भारतसँग २–० गोलले पराजित भएको छ भने दोस्रो खेलमा म्यानमारसँग ६–० गोलको हार ब्यहोरेको छ । नेपाल भने आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा पनि भारतसँग ३–१ गोलअन्तरले नै पराजित भएको थियो ।

नेपाली महिला फुटबल टिमले पहिलो पटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै छ । नेपाल मात्रै होइन, इन्डोनेसिया पनि छनोट चरणको दुई खेलमा पराजय भोगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्