Logo

युरोपेली फुटबलमा ६ खेलाडी जसले यो सिजन फेरी खेल्ने छैनन्



Spread the love

२५ चैत, काठमाडौँ ।
युरोपेली फुटबल अन्तर्गत सिजनको अन्त्य नजिकिंदै गईरहेको छ । घरेलु कप प्रतियोगिताहरुमा फाइनल पुग्ने टोली तय भईसकेको छन् भने च्याम्पियन्स लिग र युरोपा लिगमा पनि अन्तिम ४ टोलीको छिनोफानो केहि सातामै हुनेछ ।

यस्तो अवस्थामा लिगको उपाधिको लागि प्रतिस्पर्धा पनि उच्च रहेको छ । उपाधि भिडन्तको अन्तिम मोडसम्म आइपुग्दा टोलीहरुको प्रतिस्पर्धा निक्कै रोमान्चक बन्दै गइरहेको छ ।खेलाडीहरुमाथि क्लबहरुलेअझै बढी विश्वास राख्न थालेका छन् । यस्तो अवस्थामा केहि महत्त्वपूर्ण खेलाडीहरु भने चोटका कारण उपस्थित हुने छैनन् । सिजनको अन्तिम भागलाई गुमाउने केहि खेलाडी यसप्रकार छन् :
१. एलेक्स अक्स्लेड चेम्बरलिन
क्लब : लिभरपुल
पोजिसन : मिडफिल्डर
चोट : दायाँ घुँडा

२. जेओफ्री कोन्डोग्बिया
क्लब : भ्यालेन्सिया
पोजिसन : मिडफिल्डर
चोट : बायाँ तिघ्रा चोट

३. राफिन्हा
क्लब : बार्सिलोना
पोजिसन : मिडफिल्डर
चोट : क्रुसिएट लिगामेन्ट च्यातिएको

४. लुकास हर्नान्डेज
क्लब : एटलेटिको म्याड्रिड
पोजिसन : डिफेन्डर
चोट : दायाँ घुँडाको लिगामेन्ट समस्या

५. हेक्टर बेलेरीन
क्लब : आर्सनल
पोजिसन : डिफेन्डर
चोट : लिगामेन्ट च्यातिएको

६. अक्रफ हाकिमी
क्लब : बोरुसिया डर्टमुन्ड
पोजिसन : डिफेन्डर
चोट : दायाँ खुट्टा भाँचिएको

प्रतिक्रिया दिनुहोस्