Logo

मेसी र रोनाल्डो च्याम्पियन्स लिगको फाइनलमा भिड्ने सम्भावना



Spread the love

२५ चैत, काठमाडौँ ।
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका खेलहरु मंगलबारदेखि सुरु हुनेछ । क्लब फुटबलकै सबैभन्दा चर्चित प्रतियोगिताको उपाधि जित्न शीर्ष ८ टोलीहरु तमतयार देखिन्छन् ।

क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसी पनि यस सिजनको च्याम्पियन्स लिगको उपाधि आआफ्नो कब्जा पार्न चाहन्छन् ।रोनाल्डोको टोली युभेन्टसले स्पेनिस टोली एटलेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम ८ मा आफ्नो स्थान बनाइसकेको छ । त्यसक्रममा रोनाल्डोले ह्याट्रिक गर्दै टिमलाई जित दिलाए । यता बार्सिलोनाले लियोनलाई पराजित गर्दा पनि मेसी नै नायक बनेका थिए।

गतवर्ष रियल म्याड्रिडले लगातार तेस्रो सिजन उपाधि जित्दा रोनाल्डोको भूमिका निक्कै महत्त्वपूर्ण रहेको थियो ।च्याम्पियन्स लिगको इतिहासमा रोनाल्डो सर्वाधिक ५ पटक उपाधि जित्ने खेलाडी हुन् ।

यता मेसी पनि च्याम्पियन्स लिग उपाधिमा रोनाल्डोलाई पछ्याइरहेका छन् । पछिल्लो पटक सन् २००८-०९ सिजनको च्याम्पियन्स लिग फाइनलमा यी दुई खेलाडी आमनेसामने भएका थिए । यस सिजन पनि मेसी र रोनाल्डो च्याम्पियन्स लिगको उपाधि भिडन्तमा आमनेसामने हुने सम्भावना रहेको छ ।

क्वाटरफाइनल खेलमा युभेन्टसले बुधबार आयाक्सको सामना गर्ने छ भने सोहि समय बार्सिलोनाले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्