Logo

अलराउण्ड क्रिकेटर साम कुर्रान आउँदो विश्वकप क्रिकेट खेल्ने आशमा



Spread the love

२६ चैत, काठमाडौं ।
इंग्ल्याण्डका अलराउण्ड क्रिकेटर साम कुर्रानले आउँदो विश्वकपमा राष्ट्रिय टिमबाट खेल्न पाउनेमा पुरै बिस्वस्त छन् । कुर्रान भन्छन ‘विश्वकप ठूलो प्रतियोगिता हो, आश छ यसपटक मेरो नाम पनि त्यहाँ हुनेछ’ ।

अहिले आईपीएलमा किंग्स इलाभेन पञ्जाबबाट खेलिरहेका छन् । दिल्ली क्यापिटल्स विरुद्धको खेलमा ह्याट्रिक लिएपछि कुर्रान एक्कासी चर्चामा आएका हुन्। जारी सिजन आईपीएल अक्सनमा विदेशी खेलाडीको रुपमा सबैभन्दा महँगोमा बिकेका थिए । उनले ७ करोड २० लाख भारतीय रुपैयाँ पाएका थिए ।

२० वर्षका कुर्रान महँगोमा बिकेकाले खेलमा दबाव रहने आँकलन गरिए पनि उनले आफ्नो लागि सिक्ने अवसर रहेकाले दबाव महसुस नगर्ने बताएका थिए । देब्रे हाते बलर र ब्याट्सम्यान कुर्रानले छोटो समयमा देखाएको खेलले उनको विश्वास बलियो देखिएको छ । उनि भन्छन ‘ दिल्ली डेयरडेभिल्स विरुद्धको खेलमा रन जोगाउनका लागि नै बलिङ गरेको हो तर बोनसमा ह्याट्रिक पनि मिल्यो’ ।

कुर्रान जिम्बावेका क्रिकेट खेलाडी तथा प्रशिक्षक केभिन माल्कोल्म कुर्रानका छोरा हुन् । उनका हजुरबुबा केभिन प्याट्रिक कुर्रान पनि जिम्बावेका फस्ट क्लास क्रिकेटर नै हुन् । कुर्रानका दुई दाई टम र बेन पनि क्रिकेटर नै हुन् ।

२०१६ मा बंगलादेशमा भएको यु १९ विश्वकप क्रिकेटमा पनि उनले इंग्ल्याण्डबाट खेल्ने मौका पाएका थिए । जहाँ उनले सानदार प्रदर्शन गर्ने क्रममा ६ खेलमा ७ विकेट लिएर २०१ रन समेत बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्