Logo

पोग्बाले म्यानचेस्टर युनाइटेड छाड्ने निश्चित



Spread the love

२६ चैत, काठमाडौं ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहेका मिडफिल्डर पोउल पोग्बा युनाइटेड छाडी रियल मड्रिड जाने चर्चा चलिरहँदा ‘फ्रान्स फुटबल’ म्यागेजिनले पनि त्यसमा सत्यता रहेको पुस्टि गरेको छ ।

विश्वकप जितेका पोग्वाको युनाइटेड यात्रा यति मै सिमित रहेको र नयाँ सिजनमा उनी मड्रिड जाने पक्का भएको फ्रान्स फुटबलले जनाएको हो।

मड्रिडले चेल्सीका हजार्डलाई किन्ने समाचार बाहिर आइरहेको बेला युनाइटेडका पोग्बा किन्ने चर्चा पनि चलिरहेको थियो । फ्रान्स फुटबलमा प्रकाशित समाचारपछि पोग्वा जानेमा थप सम्भावना बढेको छ ।

युनाइटेडबाट भन्दा मड्रिडबाट नै बालोना डिओर जित्ने पोग्बाको इच्छा नजिक रहेको फ्रान्स फुटबलले जनाएको छ । जहाँ युनाइटेडबाटै मड्रिड गएका क्रिष्टियानो रोनाल्डोले पाएका उपलब्धीलाई पनि उल्लेख गरिएको छ ।

२६ वर्षका पोग्बाको युनाइटेड छाड्ने समय आएको र अगाडिका दिनका लागि पनि उनी मड्रिड जानु पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्